दफा ३५
दस्तूर लिई मोहियानीमा दर्ता गर्ने
(१) यो ऐन प्रारम्भ हुनुभन्दा अघि गुठी जग्गामा भूबाहल लगाई आएकोमा भूबहालवालाले मोहियानीमा दर्ता गराउन चाहेमा संस्थानले तोकेबमोजिम दस्तूर लिई मोहियानीमा दर्ता गरिदिन सक्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाको बखत संस्थानको स्वीकृति नलिई कसैले गुठी जग्गामा घर बनाइसकेको रहेछ भने त्यस्तो जग्गा संस्थानले तोके बमोजिम दस्तूर लिई मोहियानीमा दर्ता गरिदिन सक्नेछ ।
(३) यो ऐन प्रारम्भ भएपछि कसैको नाममा मोहियानीमा दर्ता भएको गुठी जग्गा वा कसैको नाममा दर्ता नभएको ऐलानी वा बाँझो गुठी जग्गा वा गुठीको बाग बगैचामा कसैले घर बनाउन संस्थानको स्वीकृति मागेमा संस्थानले तोके बमोजिम दस्तुर लिई स्वीकृति दिन सक्नेछ । यसरी संस्थानको स्वीकृति नलिई त्यस्तो जग्गामा कसैले घर बनाएमा सो जग्गा र सो जग्गामा बनाएको घरमा त्यस्तो व्यक्तिको हक समाप्त भई
संस्थानको हक कायम हुनेछ ।
तर यो प्रतिबन्धात्मक वाक्यांश प्रारम्भ हुनुभन्दा अघि घर बनाएकोमा त्यस्तो घर बनाउने व्यक्तिको कुनै बदनियत थिएन भन्ने संस्थानलाई लागेमा संस्थानले नेपाल
सरकारको स्वीकृति लिई तोकिएको अतिरिक्त दस्तुर लिई मोहियानीमा दर्ता गरी दिन सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि गुठी रैतान नम्बरी जग्गामा घर बनाउन संस्थानको स्वीकृति लिन पर्ने छैन ।